सङ्खुवासभा । अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित भएको छ भने बाढी पहिरोको जोखिम पनि बढेको छ । मादी नगरपालिका–४ ओखरबोटेका विनोद निरौलाको घर र एउटा विद्यालय भवन पनि पहिरोको जोखिममा छ । जिल्ला प्रहरी कार्यालयका सूचना
काठमाडौँ । नेपाल प्रहरीले जारी गरेको शनिबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा सडक सञ्जाल पूर्ण रूपमा टुटेको छ।
झापा । बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढी तथा डुबानको जोखिम निगरानी र
विराटनगर। नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेशले देशको समग्र औद्योगिक तथा आर्थिक विकासका लागि कर संरचनामा व्यापक सुधार, विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजी तथा रुग्ण पूर्वाधारहरूको शीघ्र निर्माणको माग गर्दै सरकारलाई सुझावपत्र
विराटनगर। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पुराना राजनीतिक दलहरूले गणतन्त्रलाई पैतृक सम्पत्ति ठानेर विगतको योगदानको मिटरब्याज असुल्न थालेकाले नयाँ पार्टी निर्माण गर्नुपरेको बताएका छन् । धनकुटाको पाख्रिवास नगर पार्टी कमिटीद्वारा आयोजित ‘केचना–सगरमाथा हातेमालो’ कार्यक्रमलाई
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि त्यसको अनुगमनका लागि शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की कोशी ब्यारेज पुगेका छन् । अहिले कोशी नदी तटीय तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि कोशी नदी तटीय तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। कोशी ब्यारेजमा साँझ ५ः१५ बजे गरिएको मापनअनुसार नदीमा २ लाख ६५ हजार ७९५ क्युसेक
विराटनगर। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित दुर्घटना र क्षति न्यूनीकरण गर्न प्रहरीले प्रदेशका ७ वटा पहाडी
विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कोशी प्रदेशका तराई जिल्लाका अधिकांश पालिका अधिवेशन सकिएको छ । कांग्रेस कोशी प्रदेश कार्यालयका सचिव नारायण कोइरालाका अनुसार सुनसरीको इनरुवा नगरपालिकामा अहिले मतदान जारी छ । विराटनगरमा भने
विराटनगर । कोशी प्रदेश सरकारले सांगठनिक तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)बारे व्यापक छलफल गरिरहेको छ । छलफलका क्रममा सिँचाइ मन्त्रालयले भने स्थायी निजामती कर्मचारीको दरबन्दी कटौती गरी करारमा कर्मचारी राख्ने प्रस्ताव गरेको पाइएको छ । प्रदेश मन्त्रालयहरूमा
विराटनगर । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण कोशी प्रदेशलगायत देशभरको मौसम प्रतिकूल बन्दा जनजीवन प्रभावित भएको छ। कोशी प्रदेशका पहाडी जिल्लाहरूमा लगातारको वर्षाका कारण ग्रामीण सडक खण्डहरू अवरुद्ध भए पनि हालसम्म कुनै मानवीय तथा
ओखलढुङ्गा । लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सडक अवरुद्ध भएको हो । बाढीले सडकको भाग काटेर गहिरो बनाई
विराटनगर । राज्यलाई बुझाउनुपर्ने सम्पूर्ण राजस्व बुझाएर हातमा रसिद लिएका मोरङको उर्लाबारी नगरपालिका–४ का २१ घरपरिवार वर्षौंदेखि लालपुर्जाको प्रतीक्षामा छन् । सरकारी प्रक्रिया पूरा गरी तयार भइसकेका २१ वटा जग्गाधनी लालपुर्जा (२९ कित्ता) अहिले न नगरपालिकामा
भोजपुर। भोजपुरका ग्रामीण क्षेत्रका किसानलाई यतिबेला कालो सुनका नामले चिनिने अलैँची टिप्न, केलाउन र भट्टीमा सुकाउन भ्याइनभ्याइ छ। भदौ, असोज र कात्तिक महिना अलैँची टिप्ने तथा प्रशोधन गर्ने मुख्य सिजन भएकाले किसानको दैनिकी यतिबेला अलैँची बगान र भट्टीमै बित्ने गरेको छ। परिपक्व भइसकेको अलैँची समयमै नटिपे वन्यजन्तुले नोक्सान पुर्याउने र झरेर गुणस्तर घट्ने जोखिम हुने
झापा । एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक योजनाको पश्चिम खण्डमा निर्माण भइरहेका तीन आधुनिक पुलको काम स्टिल अभावका कारण प्रभावित भएको छ । आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवा तथा मोरङको लोहन्द्रा र
खोटाङ । भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्र्गत चखेवाभञ्ज्याङदेखि जयरामघाट सडकखण्डमा राति सवारी आवागमन बन्द गर्न निर्देशन दिएको छ । अविरल वर्षालाई मध्यनजर गर्दै प्रशासनले जोखिम न्यूनीकरण गर्न साँझ ७ः०० देखि बिहान
सङ्खुवासभा। उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडकखण्डको भोटखोला गाउँपालिका-३ हुङहुङमा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । उत्तर-दक्षिण सडक आयोजना कार्यालयका प्रमुख एवं इन्जिनियर रामबहादुर गुरुङले
काठमाडौँ । नेपालको राजनीतिमा स्थानीय तहबाट खारिएर राष्ट्रिय राजनीतिमा दरिलो उपस्थिति जनाउन सफल नेता हुन् मञ्जु भण्डारी । धरान उपमहानगरपालिकाको पूर्व उपप्रमुखका रूपमा कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेकी भण्डारी हाल नेपाल एमालेको केन्द्रीय कमिटी सदस्य तथा सुनसरी
सङ्खुवासभा । सङ्खुवासभामा भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्र तथा पहरोको जोखिम भएका क्षेत्रमा बसोकास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणअनुसार कोशी
विराटनगर । कोशी प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) तथा सवारी साधनको प्राविधिक अवस्था परीक्षणलाई पूर्ण रूपमा प्रविधिमैत्री र स्वचालित बनाउने तयारी थालेको छ। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु
काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्राप्त गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूमाथि अनुसन्धान तथा वित्तीय कारोबारको विश्लेषण गर्ने